काठमाडौँ। जेन-जी आन्दोलनका क्रममा २४ भदौमा नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा आगजनी भयो। सिंहदरबारभित्र निर्माणाधीन नयाँ संसद् भवनको काम अझै सम्पन्न भएको छैन। संघीय संसद्अन्तर्गतको राष्ट्रिय सभाको हिउँदे अधिवेशनका लागि वैकल्पिक सभा हल निर्माणको काम भने अन्तिम चरणमा पुगेको छ।
माघ ४ गतेका लागि आह्वान गरिएको राष्ट्रिय सभा बैठकको तयारी पनि अन्तिम चरणमा छ। संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको कृषि तथा प्राकृतिक स्रोत समितिको बैठक कक्षलाई मर्मत तथा विस्तार गरी राष्ट्रिय सभा बस्ने व्यवस्था मिलाइएको हो। बैठक कक्षमा राष्ट्रिय सभा अध्यक्ष, प्रधानमन्त्री, मन्त्री तथा सांसदहरूका लागि आवत-जावत गर्ने मार्ग पनि बनाइएका छन्।
त्यसैगरी दर्शकदीर्घा र सञ्चारकर्मी बस्न मिल्ने स्थानको पनि व्यवस्था मिलाइएको छ। बैठक कक्षमा माइक, क्यामेरा तथा साउन्ड सिस्टम जडान गर्ने काम पनि भइरहेको छ।