काठमाडौँ
००:००:००
१ माघ २०८२, बिहीबार

१ माघ २०८२
बाबुराम भट्टराई। तस्बिर : बिक्रम राई/नेपालन्युज
अ+
अ-

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली कांग्रेसभित्र देखिएको नेतृत्व परिवर्तनलाई पुराना राजनीतिक दलहरूको समयानुकूल रूपान्तरणको महत्वपूर्ण संकेतका रूपमा व्याख्या गरेका छन्।

बिहीबार बिहान सामाजिक सञ्जालमार्फत् कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापा तथा उनको टिमलाई बधाई दिँदै भट्टराईले यस परिवर्तनले समग्र राजनीतिक प्रणालीलाई नै अग्रगामी दिशातर्फ धकेल्ने विश्वास व्यक्त गरेका छन्।

उनले लेखेका छन्, “पुराना राजनीतिक दलहरूले आफूलाई समयअनुकूल पुनर्संरचना गर्ने प्रक्रियाको सुरुवात ऐतिहासिक लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसबाट भएको छ। यो कार्य सफलतापूर्वक सम्पन्न गरेकामा नवनिर्वाचित सभापति गगन थापा र उनको टिमलाई हार्दिक बधाई तथा शुभकामना।”

भट्टराईले कांग्रेसभित्रको यो परिवर्तन अन्य दलहरूका लागि पनि उदाहरण बन्ने अपेक्षा व्यक्त गर्दै नयाँ तथा वैकल्पिक राजनीतिक शक्तिहरू र पुनर्संरचित पुराना दलहरूबीच स्वस्थ प्रतिस्पर्धा र सहकार्य आवश्यक रहेको उल्लेख गरेका छन्।

उनका अनुसार यस्तै सकारात्मक राजनीतिक गतिशीलताले संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझ सबल र स्थिर बनाउनेछ।