काठमाडौं। नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प्रसाईं र सरकार बीच सहमति भएको छ । शुक्रबार सिंहदरबारमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान, नेपालद्वारा प्रस्तुत गरिएका २७ बुँदे माग र सवालहरूका विषयमा हस्ताक्षर भएको हो ।
नेपाल सरकारको तर्फबाट वार्ता समितिका संयोजक सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष प्रसाईंले सिंहदरबारमा आयोजित एक समारोहबीच सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
प्रसाईँले यसअघि आफ्ना माग पुरा नभएको भन्दै फागुन १ बाट आन्दोलन घोषणा गरेका थिए । शुक्रबार दिउँसो देखी सुरु भएको वार्तामा प्रधानमन्त्री सुशीला कार्की र प्रसाईँले छलफल गरेका थिए ।