३ माघ २०८२
अ+
अ-

काठमाडौं । नेपाली कांग्रेसले आगामी निर्वाचनलाई लक्षित गर्दै उम्मेदवार चयन प्रक्रिया अघि बढाएको छ । पार्टीले टिकट वितरणको जिम्मेवारी दिने गरी १३ सदस्यीय संसदीय बोर्ड गठन गरेको हो ।

पार्टी सभापति गगनकुमार थापाको संयोजकत्वमा बनेको बोर्डमा उपसभापति, महामन्त्री तथा सहमहामन्त्रीसहित विभिन्न तहका नेताहरू सदस्यका रूपमा रहेका छन् । बोर्डले निर्वाचनमा पार्टीका तर्फबाट प्रतिस्पर्धा गर्ने उम्मेदवार टुंगो लगाउनेछ ।

नवनिर्वाचित केन्द्रीय कार्यसमितिले निर्वाचन आयोगबाट आधिकारिकता पाएसँगै कांग्रेसको ध्यान पूर्ण रूपमा निर्वाचनतर्फ केन्द्रित भएको छ । यही सन्दर्भमा २१ फागुनमा हुने निर्वाचनसम्बन्धी रणनीति र तयारीबारे छलफल गर्न केन्द्रीय बैठक बस्ने तयारी छ ।

पार्टी नेतृत्वले समयमै संगठन सुदृढ गर्दै निर्वाचनमा प्रभावकारी उपस्थिति जनाउने संकेत दिएको छ ।