३ माघ २०८२
अ+
अ-

काठमाडौं। निर्वाचन आयोगको निर्णय विरुद्ध नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा पक्ष सर्वोच्च अदालत जाने भएको छ।

शनिबार पार्टी कार्यालय सानेपामा बसेको देउवा पक्षको बैठकले निर्वाचन आयोगको निर्णय सही नभएको ठहर गर्दै न्यायका लागि सर्वोच्च अदालत जाने निर्णय गरेको हो ।

बैठकपछि नेता प्रकाशशरण महतले आयोगको निर्णयप्रति असहमति जनाउँदै कानुनी बाटो रोज्ने जानकारी दिए।