३ माघ २०८२
अ+
अ-

काठमाडौँ । नेपाली कांग्रेस कोशी प्रदेश कार्यसमितिले उदयपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका लागि अघि सारेको उम्मेदवार सिफारिस सूचीप्रति नारायण खड्काले आपत्ति जनाएका छन्।

सिफारिस सूचीमा आफ्नो नाम समावेश गरिएकोप्रति असन्तुष्टि व्यक्त गर्दै उनले सूचीबाट नाम हटाउन औपचारिक अनुरोध गरेका हुन्।
खड्काले यस विषयमा नेपाली कांग्रेसको केन्द्रीय कार्यालयलाई सम्बोधन गर्दै पत्र पठाएका छन्। पत्रमार्फत उनले केन्द्रीय तहका सम्बन्धित निकायलाई आफ्नो चाहना जानकारी गराइदिन आग्रह गरेका छन्।

पत्रमा उनले कोशी प्रदेश कार्यसमितिबाट तयार पारिएको प्रतिनिधि सभा निर्वाचन २०८२ का लागि प्रस्तावित उम्मेदवारहरूको सूचीमा आफ्नो नाम राखिएको उल्लेख गर्दै उक्त सूचीबाट नाम हटाइदिन अनुरोध गरेका छन्।