३ माघ २०८२
प्रतीकात्मक तस्बिर।
अ+
अ-

बाजुरा। बडीमालिका नगरपालिकामा एक जनाको आफ्नै घरको छतबाट खसेर मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीका अनुसार सोही नगरपालिका–९ गैरीबजार बस्ने ७२ वर्षीया कमला लुहारको मृत्यु भएको हो।

शुक्रबार साँझ उनी आफ्नै घरको छतबाट खसेकी हुन्। छिमेकीले उद्धार गरी उनलाई जिल्ला अस्पताल पुर्याएका थिए। चिकित्सकले उनलाई मृत्यु घोषणा गरेका थिए।

शवपरीक्षणका लागि सोही अस्पतालमा राखिएको छ।