३ माघ २०८२
अ+
अ-

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको छ ।

रास्वपाले आइतबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने गरी केन्द्रीय कमिटी बैठक आह्वान गरेको हो ।

बैठकमा प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ सम्बन्धमा छलफल हुने बताइएको छ । पार्टीको तर्फबाट प्रत्यक्ष उम्मेदवार चयनबारे सो बैठकमा छलफल हुने बताइएको छ ।