३ माघ २०८२
चिनियाँ विदेशमन्त्री वाङ यी र इरानी विदेशमन्त्री अब्बास अराघचीले इरानको वर्तमान अवस्थाबारे वार्ता गरे। गेट्टी इमेज
अ+
अ-

बेइजिङ। चिनियाँ विदेशमन्त्री वाङ यी र इरानी विदेशमन्त्री अब्बास अराघचीबीच फोनबाट कुराकानी भएको छ।

भारतका लागि चिनियाँ राजदूत सु फेइहोङले चीन र इरानबीच वार्ता भएको शनिबार सामाजिक सञ्जालमार्फत उल्लेख गरेका हुन्। उनीहरूको फोन वार्तापछि सु फेइहोङले सामाजिक सञ्जालमा लेखेका छन्‚ “चीनले इरानी सरकार र जनताले एकताबद्ध भएर सबै कठिनाइहरू पार गर्नेछन्‚ देशमा स्थिरता कायम राख्नेछन् र आफ्नो अधिकार र हितको रक्षा गर्नेछन् भन्ने विश्वास गर्छन्।”

उनले थप भनेका छन् कि- चीनले सबै पक्षहरूलाई शान्ति कायम राख्न, संयम अपनाउन र संवादमार्फत मतभेदहरू समाधान गर्न चाहन्छ। चीन यसमा सकारात्मक भूमिका खेल्न तयार छ।

इरानमा एक साताभन्दा बढी समयदेखि सरकारविरुद्ध विरोध प्रदर्शन जारी छन्।

२८ डिसेम्बरमा विरोध प्रदर्शन सुरु भयो। त्यस दिन तेहरानका स्थानीय व्यापारीहरू अमेरिकी डलरको तुलनामा इरानी मुद्रा‚ रियालको मूल्यमा भएको अर्को तीव्र गिरावटको विरोध गर्न सडकमा उत्रिए।