काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । नयाँ नेतृत्व चयन भएपछि पहिलो बैठक बस्न लागेको हो ।
बैठक बिहान साढे ११ बजेका लागि नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा बोलाइएको छ ।
विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वले शुक्रबार आधिकारिकता पाएपछि आज पहिलो बैठक बस्न लागेको हो ।