काठमाडौँ
००:००:००
४ माघ २०८२, आईतवार

४ माघ २०८२
अ+
अ-

काठमाडौं। नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले बढेर २ लाख ७७ हजार ८०० रुपैयाँ कायम भएको छ। यसअघि शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ७७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले घटेर प्रतितोला ५ हजार ६२५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।