काठमाडौँ
००:००:००
४ माघ २०८२, आईतवार

स्टक मार्केट

साताको पहिलो कारोबार दिनमा आठ अर्ब ४० करोड २७ लाख ९७ हजार ७७५ रुपैयाँको सेयर कारोबार

४ माघ २०८२
अ+
अ-

काठमाडौँ। साताको पहिलो कारोबार दिन आज (आइतबार) नेपाल स्टक एक्सचेन्ज नेप्से ३१.१२ अंकले बढेको छ। अघिल्लो दिनको तुलनामा १.१७ प्रतिशतले बढेको नेप्से २‚६७२.५५ विन्दुमा अडिएको छ।

आजको दिनमा सेन्सेटिभ इन्डेक्स पनि ४.७० अंकले बढेर ४५९.४३ विन्दुमा रोकिएको छ। प्रतिशतका आधारमा यो अघिल्लो कारोबार दिनको तुलनामा १.०३ प्रतिशतले बढी हो। सेयर बजारमा आइतबार ३३८ कम्पनीको ९५ हजार ४४५ पटकको कारोबारमा एक करोड ६६ लाख ११ हजार ४७९ कित्ता सेयर किनबेच भए। जसअनुसार आइतबार आठ अर्ब ४० करोड २७ लाख ९७ हजार ७७५ रुपैयाँको कारोबार भयो।

नेप्सेमा आज १३ समूहको कारोबार भएकामा १३ वटै समूहमा हरियाली छायो। जसअनुसार वाणिज्य बैंक समूहको सेयर ०.८५‚ विकास बैंक समूह ३.०३‚ फाइनान्स ५.७३‚ होटेल तथा पर्यटन २.०२‚ जलविद्युत् ०.७० र लगानी समूह ०.९३ प्रतिशतले बढ्यो।

यसैगरी जीवन बिमा समूह १.२५‚ उत्पादन तथा प्रशोधन २.४२‚ लघुवित्त समूह १.३१‚ म्युचुअल फन्ड ०.५१‚ निर्जीवन बिमा ०.६८‚ अन्य ०.४५ र व्यापार समूह ०.५४ प्रतिशतले बढ्यो।

नेप्सेमा बुधबार २२४ कम्पनीको मूल्य बढ्दा ३१ वटाको मात्र घट्यो। पाँच कम्पनीका सेयरमूल्य भने स्थिर रहे।

चारवटा कम्पनीमा सकारात्मक (पोजेटिभ) सर्किट लाग्यो। अर्थात् चारवटा कम्पनीका सेयरमूल्य १० प्रतिशतले बढे। जसमा सागर डिस्टिलरी लिमिटेड‚ उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेड‚ श्रीनगर एग्रिटेक इन्डस्ट्रिज लिमिटेड र गुराँस फाइनान्स लिमिटेडका सेयरधनीहरूले १० प्रतिशतले आम्दानी गरे।

यसैगरी आइतबार थ्रीस्टार हाइड्रोपावर लिमिटेडका लगानीकर्ताहरूले ८.७८ प्रतिशतले सेयरमूल्य गुमाए। यसको अन्तिम कारोबार मूल्य प्रतिसेयर ८२१ रुपैयाँ कायम रह्यो।

यस्तै आज मन्जुश्री फाइनान्स लिमिटेडको सर्वाधिक कारोबार भयो। यसको आइतबार ५३ करोड १६ लाख ५३ हजार ८२८ रुपैयाँको सेयर किनबेच भयो। मन्जुश्रीको आइतबार अन्तिम सेयरमूल्य ८५० रुपैयाँ कायम रह्यो।