काठमाडौँ
००:००:००
४ माघ २०८२, आईतवार

४ माघ २०८२
तस्बिर : प्रधानमन्त्रीको सचिवालय
अ+
अ-

काठमाडौँ। निर्वाचन आयोगले आचारसंहिता लागु हुने विषयमा सरकारलाई जानकारी गराएको छ।

कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी नेतृत्वको आयोगको टोलीले आज (आइतबार) बालुवाटारमा आयोजित एक कार्यक्रममा यसबारे जानकारी गराएको हो।

आयोगका तर्फबाट आचारसंहितबारे विशेष प्रस्तुतीकरण पनि गरिएको थियो। जसअनुसार निर्वाचन आचारसंहिता आज राति १२ बजे (सोमबार बिहान १२ बजे) बाट लागु हुनेछ।

आयोगको आजै बसेको बैठकले निर्वाचन आचारसंहिता आज राति १२ बजेबाट लागु हुने निर्णय गरेको कार्यवाहक प्रमुख आयुक्त भण्डारीले जानकारी दिए।

कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीका अलावा मन्त्रिपरिषद्का सदस्य, मुख्य सचिव तथा गृह मन्त्रालयका अधिकारीलगायतको उपस्थिति थियो।

यो पनि…

निर्वाचन आचारसंहिता राति १२ बजेदेखि लागु