काठमाडौँ
००:००:००
५ माघ २०८२, सोमबार

५ माघ २०८२
फाइल तस्बिर।
अ+
अ-

पर्सा। वीरगन्ज भन्सार कार्यालयले चालु आवको ६ महिनामा एक खर्ब १६ अर्ब ५८ करोड ८५ लाख ६३ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ।

कार्यालयले गत आवको सोही अवधिको तुलनामा १२ अर्ब एक करोड रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको हो। वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले चालु आवमा यो नाका हुँदै हुने राजस्व सङ्कलन उत्साहजनक भएको बताए।

कार्यालयले गत साउनमा १८ अर्ब ४४ करोड रुपैयाँ‚ भदौमा २० अर्ब ७३ करोड‚ असोजमा १९ अर्ब नौ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको थियो। त्यसैगरी कात्तिकमा १७ अर्ब ३३ करोड रुपैयाँ र मंसिरमा २० अर्ब ८० करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ।

पुसमा पनि २० अर्ब २० करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ। भन्सार विभागले वीरगन्ज भन्सार कार्यालयलाई वर्षभरिमा दुई खर्ब ७३ अर्ब ३९ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य दिएको छ।