काठमाडौँ
००:००:००
९ असार २०८३, मंगलवार

५ माघ २०८२
अ+
अ-

काठमाडौँ। युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले मन्त्री पदबाट राजीनामा दिएका छन्। हाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चुनाव प्रचार अभियानका लागि रवि लामिछाने र बालेन्द्र शाहसँगै जनकपुरमा रहेका गुप्ताले प्रधानमन्त्री सुशीला कार्कीलाई राजीनामाबारे जानकारी गराएका हुन्।

गुप्ता रास्वपाकै तर्फबाट चुनावमा उम्मेदवारी दिने तयारीमा छन्। उम्मेदवारी दिनुअघि उनले मन्त्री पद छोडेका हुन्।

मन्त्री गुप्ता पछिल्लो समय अमेरिका भ्रमणका कारण विवादमा थिए। उनलाई राजनीतिक गतिविधिमा संलग्न भएको भन्दै प्रधानमन्त्री कार्कीले राजीनामा दिनसमेत भनेकी थिइन्।