काठमाडौँ। नेपाली कांग्रेसका नेता एनपी (नारायणप्रकाश) साउदको कञ्चनपुर क्षेत्र २ मा उम्मेदवारी पक्का भएको छ।
सभापति गगनकुमार थापाले साउदलाई उक्त क्षेत्रबाट उम्मेदवारी दिने पक्का गरिदिएका हुन्। साउदले आफ्नो उम्मेदवारी निश्चित भइसकेको बताए। “मेरो उम्मेदवारी टुंगो लाग्यो‚ टिकट पाएँ‚ सबै साथीहरूलाई शुभकामना छ‚” उनले नेपालन्युजलाई भने‚ “म जित्छु भनेर राम्रो समाचार लेखिदिनुहोला।”
साउदले मंगलबार नै कञ्चनपुर प्रस्थानको तयारी गरेको बताए। “भोलि कञ्चनपुर गएर उम्मेदवारी दर्ता गर्छु‚” उनले भने।
साउद निवर्तमान सभापति शेरबहादुर देउवाका विश्वासिला तथा सुदूरपश्चिम क्षेत्रका प्रभावशाली नेता मानिन्छन्। उनी २०७९ को प्रतिनिधिसभामा सोही क्षेत्रबाट निर्वाचित भएका थिए। उनी देउवा सरकारका पूर्वपरराष्ट्रमन्त्री भइसकेका हुन्। उनी देउवा संकटमा पर्दा सधैँ सहयोगी भूमिका निर्वाह गर्ने गर्थे।
यो पनि…