काठमाडौँ। स्वागत नेपाल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेका छन्।
राप्रपाको कार्यालय धुम्बाराहीमा सोमबार आयोजित कार्यक्रममा कानुन व्यवसायीसमेत रहेका नेपाल पार्टी प्रवेश गरेका हुन्। अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाललाई पार्टीमा स्वागत गरे।
नेपाल यसपटक प्रतिनिधिसभा निर्वाचनमा राप्रपाका तर्फबाट झापा २ बाट उम्मेदवारी दिने तयारीमा छन्। अघिल्लो निर्वाचनमा पनि उनी यही क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दिएका थिए। तर उनी पराजित भए।