काठमाडौँ
००:००:००
८ फाल्गुन २०८२, शुक्रबार

६ माघ २०८२
अ+
अ-

ललितपुर। जनता समाजवादी पार्टी (जसपा) बाट ललितपुरका तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवारहरूले आगामी निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन्।

ललितपुर क्षेत्र नं १ बाट महावीर स्याङ्तान तामाङ, क्षेत्र नं २ बाट रोहिनी नेम्कुल र क्षेत्र नं ३ बाट कृष्णदेवी महर्जनले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन्।

निर्वाचनलाई लक्षित गर्दै जसपाले ललितपुरका सबै क्षेत्रमा प्रतिस्पर्धी उम्मेदवार अघि सारेको पार्टीले जनाएको छ।

यस दिन देशका १६५ वटै निर्वाचन क्षेत्रमा उमेदवारी दर्ता क्रम जारी छ ।