काठमाडौं। नेपाली कांग्रेसको विशेष महाधिवेशको विरुद्ध परेको रिट सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा परेको छ।
शेरबहादुर देउवासमेत दुई जनाको तर्फबाट दायर उक्त रिट न्यायाधीश पोखरेलको एकल इजलासको ‘ङ’ नम्बरमा पेशी तोकिएको सर्वोच्च अदालत स्रोतले जनाएको छ। रिटमा निर्वाचन आयोगलाई समेत विपक्षी बनाइएको छ।
विशेष महाधिवेशनबाट निर्वाचित गगन थापापक्षलाई निर्वाचन आयोगले आधिकारिकता दिएको थियो। अयाोगको उक्त निर्णयविरुद्ध देउवापक्षले सर्वोच्च अदालतमा रिट दर्ता गरेको थियो।
देउवापक्षले आयोगको २ माघको निर्णय उत्प्रेषणको आदेशद्धारा बदर गर्न माग गरेको छ। थापापक्षको समितिलाई आधारिकता दिई दल अध्यावधिक गर्नु गैरकानुनी, असंवैधानिक र पार्टी विधानविपरीत रहेकोले सो दाबी गरेको छ। सोहीकारण देउवा नेतृत्वको समितिलाई काम गर्न दिनुपर्ने माग गरेको छ ।