काठमाडौं । झापा–५ बाट उम्मेदवार बनेका बालेन्द्र साह (बालेन) मतदातासँगको प्रत्यक्ष छलफलमा जुटेका छन्। मंगलबार उम्मेदवारी दर्ता गराएका साह बुधबार बिहानै घरदैलो अभियानमा निस्कँदै स्थानीय मतदातासँग भलाकुसारी गरेका हुन्।
घरदैलोका क्रममा साहले स्थानीयको समस्या, अपेक्षा र सुझाव सुनेका छन्। मतदातासँगको भेटघाटमा उनले विकास, सुशासन र स्थानीय आवश्यकता सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेको बताइएको छ।
झापा–५ मा चुनावी गतिविधि तीव्र बन्दै जाँदा उम्मेदवारहरू मतदाताको घरदैलो र संवादमा सक्रिय देखिएका छन्। बालेनको अभियान आगामी दिनमा थप व्यापक बनाउने तयारी रहेको उनका समर्थकले जनाएका छन्।




