काठमाडौँ
००:००:००
७ माघ २०८२, बुधबार

७ माघ २०८२
अ+
अ-

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ उम्मेदवारी दर्ता गराउने उम्मेदवारको संख्या ३ हजार ४ सय ८४ पुगेको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार यसपटकको निर्वाचनमा ४० वर्षमुनिका उम्मेदवारको सहभागिता उल्लेख्य देखिएको छ।

कुल उम्मेदवारमध्ये ३ सय ९५ जना (११ प्रतिशत) महिला, ३ हजार ८८ जना (७९ प्रतिशत) पुरुष तथा १ जना अन्य लिङ्गका उम्मेदवार रहेका छन्। राजनीतिक दलबाट उम्मेदवारी दिएका २ हजार २ सय ९७ उम्मेदवारमध्ये २ सय ३५ महिला, २ हजार ६४ पुरुष र १ जना अन्य लिङ्गका उम्मेदवार छन्।

स्वतन्त्रतर्फ १ हजार १ सय ८७ उम्मेदवार दर्ता भएका छन्। यस समूहमा १ सय ६० महिला र १ हजार २४ पुरुष उम्मेदवार रहेका छन्।

उमेर समूहको विश्लेषण गर्दा ३६ देखि ४० वर्ष उमेर समूह सबैभन्दा अगाडि देखिएको छ। यस समूहमा १ हजार ६ सय १० उम्मेदवार अर्थात ४६ प्रतिशत छन्। २५ देखि ३५ वर्ष उमेर समूहमा ५ सय ८३ जना (१६ प्रतिशत) उम्मेदवार रहेका छन् भने ४१ देखि ४५ वर्ष उमेर समूहमा १ हजार ९० जना (३१ प्रतिशत) उम्मेदवार दर्ता भएका छन्। ४५ वर्षभन्दा माथिका उम्मेदवारको संख्या २ सय १ (५ प्रतिशत) रहेको छ।

निर्वाचन आयोगका अनुसार यस निर्वाचनमा ६८ राजनीतिक दल सहभागी भएका छन्। प्रारम्भिक तथ्यांक भएकाले उम्मेदवारको संख्यामा सामान्य परिवर्तन हुन सक्ने आयोगले जनाएको छ।