काठमाडौँ। जापान फाउन्डेसनसँगको सहकार्यमा काठमाडौँस्थित जापानी राजदूतावासले चलचित्र महोत्सव आयोजना गर्ने भएको छ। महोत्सव आगामी शुक्रबार र शनिबार (९ र १० माघ) काठमाडौँमा र आगामी १ र २ फागुनमा पोखरामा आयोजना हुनेछ।
महोत्सवमा देखाइने चलचित्रहरू अंग्रेजी सब-टाइटलसहितका हुनेछन् भने दर्शकहरूलाई निःशुल्क प्रवेशको व्यवस्था छ।
काठमाडौँमा जमलस्थित राष्ट्रिय नाचघरमा र पोखरामा गैरापाटनमा रहेको पोखरा उद्योग वाणिज्य संघको कार्यालयमा महोत्सव आयोजना हुनेछ। काठमाडौँमा आगामी शुक्रबार दिउँसो १२ बजे तथा शनिबार बिहान साढे ११ बजेबाट चलचित्र देखाइने तालिका छ।
महोत्सवले नेपाली नागरिकहरूमा जापानी संस्कृतिको बुझाइ गहिरो बनाउने जापानी राजदूतावासले विश्वास लिएको छ।