काठमाडौँ
००:००:००
७ माघ २०८२, बुधबार

७ माघ २०८२
अ+
अ-

काठमाडौँ । आसन्न फागुन २१ को निर्वाचनमा उमेरगत रुपमा ३५ देखि ४५ का उम्मेदवारको संख्या सबैभन्दा धेरै छ।

३ हजार ४८४ जना चुनावी मैदानमा उत्रिँदा ३६ देखि ५० वर्षका उम्मेदवारको संख्या १६ सय १० रहेको छ।

२५ देखि ३५ वर्षसम्मका ५ सय ८३ जनाले उम्मेदवारी दर्ता गर्दा ५१ देखि ६० वर्षसम्मका १ हजार ९० जनाले उम्मेदवारी दिएका छन्।

६१ वर्षभन्दा माथिको उम्मेदवारको संख्या जम्मा २०१ जना मात्र रहेको छ। ६८ वटा राजनीतिक दलबाट २ हजार २ सय ९७ जना उम्मेदवार बनेका छन् भने ११ सय ८७ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। प्रतिनिधिसध प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता आज विहान १० बजेदेखि साँझ ५ सम्म रहेको थियो।