काठमाडौँ
००:००:००
८ माघ २०८२, बिहीबार

८ माघ २०८२
नेदरल्यान्ड्सविरुद्ध ब्याटिङका क्रममा नेपाली टोली। तस्बिर : क्यान
अ+
अ-

काठमाडौँ। आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपाल नेदरल्यान्ड्ससँग दुई रनले पराजित भएको छ। १४१ रनको विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर केवल १३८ रन मात्र बनाउन सक्यो।

टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले २० ओभरमा पाँच विकेट गुमाएर १४० रन बनाएको थियो। नेदरल्यान्ड्सका लागि कप्तान बाबेट डे लिडले सर्वाधिक ४९ रन तथा स्टेर कालिसले ३० रन बनाइन्। रोबिन रिके १९ तथा आइरिस ज्विलिङ १४ रनमा अविजित रहे।

ब्याटिङतर्फ नेपालका लागि रुबिना छेत्रीले अविजित ३७ तथा सीता रानामगरले अविजित २७ रन बनाइन्। बिन्दु रावलले १८ रन बनाउँदा अरू खेलाडीको प्रदर्शन उल्लेख्य भएन।

योसहित जारी प्रतियोगितामा नेपालले दोस्रो हार बेहोरेको छ। यसअघि पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको थियो।

नेदरल्यान्ड्स भने आजको जितसँगै सुपर सिक्समा पुगेको छ।