काठमाडौँ
००:००:००
८ माघ २०८२, बिहीबार

८ माघ २०८२
अ+
अ-

काठमाडौँ। पहिचानवादी नेता एवं उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन् ।

डकेन्द्रसहित केन्द्रीय सदस्य ज्ञानबहादुर गुरुङ र प्रस्तावित केन्द्रीय सदस्य अमर ईजमले संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै साधारण सदस्य समेत नरहने गरी पार्टी त्यागेको घोषणा गरेका हुन् ।

उज्यालो नेपाल पार्टी भित्र आन्तरिक लोकतन्त्र अत्यान्त कमजोर, विचार, विधि, प्रक्रिया अस्पष्ट, पहिचानसम्बन्धी एजेन्डा लिखितरुपमा नभएको भन्दै पार्टी छाडेको उनीहरुले निकालेको विज्ञप्तिमा उल्लेख छ । उनीहरूले पहिचानसम्बन्धी एजेन्डामा स्पष्ट र लिखित वैचारिक धारणा प्रस्तुत गर्न नसकेकोले पार्टीमा बस्न नैतिकताले नदिएको बताएका छन् ।