नेताका कुरा

रास्वपाकै शीर्ष तहबाट एकता भंग भयो : अध्यक्ष घिसिङ

१० माघ २०८२
कुलमान घिसिङ।
अ+
अ-

काठमाडौँ। उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङले रास्वपाको एकताका क्रममा आफूले पदको बार्गेनिङ नगरेको दाबी गरेका छन्।

काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा उनले रवि लामिछानेलाई सभापति र बालेन शाहलाई वरिष्ठ नेता स्वीकारेर नै आफूले रास्वपासँग एकता गरेको दाबी गरे। आफूले पदको बार्गेनिङ गरेको भन्ने आरोप सही नभएको उनको दाबी छ।

पार्टी व्यवस्थापनका विषयमा आफूले छलफल गर्दा रास्वपाका शीर्ष तहबाट एकता भंग भएको जानकारी आएको उनले बताए। उनले प्रत्यक्षतर्फ अलि बढी उम्मेदवार उठाउने प्रस्ताव आफूले गरे पनि समानुपातिकतर्फ त्याग गरेको दाबी पनि गरे।

आफूले प्रत्यक्षतर्फको उम्मेदवार उठाउने विषयमा कुरा राख्दा रास्वपाले एकता भंग गरेको र आफू आश्चर्यचकित भएको घिसिङले बताए।