१० माघ २०८२
अ+
अ-

बागलुङ। हिमपातका कारण शुक्रबार रातिदेखि अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालनमा आएको छ। लोकमार्गको बागलुङ‚ रोल्पा र पूर्वी रुकुमको सिमाना पातीहाल्नेमा हिमपात हुँदा अवरुद्ध भएको थियो।

लोकमार्गमा बाक्लो हिउँ जमेपछि यातायातका साधन ठप्प भएका थिए। अहिले पूर्वी रुकुमतर्फबाट स्काभेटरको सहायतामा हिउँ पन्छाएपछि यातायातका साधन सञ्चालन भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक तिलक मानन्धरले जानकारी दिए।

यो पनि…

कुन-कुन जिल्लामा भयो वर्षा र हिमपात?

हिले लोकमार्ग अवरुद्ध हुँदा काठमाडौँबाट रुकुमपूर्व‚ रुकुमपश्चिम‚ जाजरकोट‚ डोल्पालगायत स्थानका लागि छुटेका साना तथा ठुला सवारीसाधान बीचबाटोमै अलपत्र परेका थिए। हिउँमा गाडी फसेपछि चिसोमा यात्रु पनि बिचल्लीमा परेका थिए।

स्काभेटरले हिउँ पन्छाएपछि लोकमार्ग सञ्चालनमा आएको मानन्धरले बताए। पातीहाल्नेसहित बागलुङको निसीखोला‚ ढोरपाटनलगायत माथिल्लो स्थानमा पनि हिमपात भएको छ। हिमपातले स्थानीयको जनजीवन प्रभावित बनेको छ।