१० माघ २०८२
अ+
अ-

भोजपुर। भोजपुरको रामप्रसादराई गाउँपालिकाले सुशासन कायम गर्न अभियान सञ्चालन गर्ने भएको छ।

शुक्रबार यहाँ आयोजित स्थानीय सरकारसम्बन्धी अभिमुखीकरण कार्यक्रममा उक्त जानकारी दिइएको हो।

प्रमुख जिल्ला अधिकारी राजन पौडेलसहित जनप्रतिनिधि तथा सरोकार भएकाहरुको उपस्थितिमा भएको उक्त कार्यक्रममा गाउँपालिका अध्यक्ष थामबहादुर राईले परदर्शिता र जवाफदेहीता सुनिश्चित नभएसम्म सुशासन कायम गर्न सम्भव नहुने भएकाले अभियान नै सञ्चालन गर्नुपरेको बताए।

सुशासन तथा स्थानीय सेवा समितिका संयोजक एकराज आचार्यले सुशासनको अभावमा सेवा प्रवाह प्रभावित हुने भएकाले हरेक कर्मचारीलाई जिम्मेवार बनाउन अभियान थालिने जानकारी दिएका छन्।