काठमाडौँ
००:००:००
११ माघ २०८२, आईतवार

११ माघ २०८२
अ+
अ-

काठमाडौं ।स्पेनिस ला लिग अन्तर्गत आइतबार बिहान भएको खेलमा रियल मड्रिड विजयी भएको छ । भिल्लारियलमाथि रियलले २–० गोलको जित निकालेको हो ।

रियलको जितमा केलियन एम्बाप्पे नायक बने । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफको सुरुवात अर्थात् ४७ मिनेटमा रियलका लागि एम्बाप्पेले अग्रता दिलाएका थिए । त्यसपछि खेलको अन्तिम अर्थात् अतिरिक्त समयमा पेनाल्टी गोल गर्दै एम्बाप्पेको दुई गोलमा रियल विजयी भएको हो ।

यो जितसँगै रियल ला लिगामा ५१ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा पुगेको छ । रियलको यो जितसँगै बार्सिलो दोस्रो स्थामा झरेको छ । बार्सिलोनाको ४९ अंक रहेको छ ।