काठमाडौँ। राष्ट्रिय सभा निर्वाचनअन्तर्गत मधेस प्रदेशमा चार सिटका लागि मतदान भइरहेको छ।
चार सिटका लागि ११ उम्मेदवार चुनावी मैदानमा छन्। जनकपुर उपमहानगरपालिका ४‚ महेन्द्रनारायण मिथिला संस्कृति केन्द्रमा बिहान ९ बजेदेखि सुरु भएको छ। मतदान दिउँसो ३ बजेसम्म हुनेछ।
मधेस प्रदेशमा अन्य, महिला, दलित तथा अल्पसंख्यक/अपांगता भएका समूह गरी चार समूहका चार सिटमा निर्वाचन हुँदै छ। आगामी २० फागुनमा कार्यकाल सकिन लागेका राष्ट्रियसभाका ५९ मध्ये १७ सदस्यका लागि निर्वाचन भइरहेको हो।
राष्ट्रिय सभाका रिक्त हुन लागेका पदमा ३५ दिनअगावै निर्वाचन गर्नुपर्ने कानुनी प्रावधान छ। रिक्त हुन लागेका १८ मध्ये नौ सिटमा कांग्रेस, आठ सिटमा एमाले र एक सिटमा जसपाले भागबन्डा गरेका छन्।
हेर्नुहोस् थप तस्बिर :
