काठमाडौँ
००:००:००
११ माघ २०८२, आईतवार

११ माघ २०८२
अ+
अ-

काठमाडौं। नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीको उम्मेदवारी खारेजविरुद्धको रिट सर्वोच्च अदालतमा पेश भएको छ।

चौधरीको रिट न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासमा सुनुवाइका लागि पेसी तोकिएको हो।

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चौधरीले कैलाली क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता गराएका थिए। टीकापुर १ कैलालीको सत्यनारायण भट्टराईले चौधरीविरुद्ध उम्मेदवारी दर्ता गराएका थिए।

उजुरीका आधारमा निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरिदिएका थिए । आफ्नो उम्मेदवारी खारेजीविरुद्ध चौधरीले सर्वोच्चमा रिट दायर गरेका थिए ।