काठमाडौँ
००:००:००
१२ माघ २०८२, सोमबार

१२ माघ २०८२
अ+
अ-

काठमाडौँ। छैटौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिपमा सशस्त्र प्रहरी बल (एपीएफ) ले माल्दिभ्स भलिबल एसोसिएसनमाथि सहज जित निकालेको छ।

पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आज (सोमबार) को दोस्रो खेलमा पुरुषतर्फ एपीएफले माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गरेको हो। एपीएफले पहिलो सेट २५-२०, दोस्रो २५-१८ र तेस्रो सेट २५-२० ले आफ्नो पक्षमा पार्‍यो। च्याम्पियनसिपमा एपीएफले दोस्रो जित निकाल्दा माल्दिभ्सले भने लगातार तेस्रो हार बेहोरेको छ।

अब आजको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेश प्रतिस्पर्धा गर्नेछन्। यसअघि आजै भएको पहिलो खेलमा महिलातर्फ सशस्त्र प्रहरी बल एपीएफले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको थियो। आर्मीविरुद्ध एपीएफले पहिलो सेट २५-११, दोस्रो २५-१८ र तेस्रो २५-१९ ले आफ्नो पक्षमा पार्दै च्याम्पियनसिपमा दोस्रो जित दर्ता गर्‍यो। आर्मीले लगातार तेस्रो हार बेहोर्दै फाइनल दौडबाट बाहिरियो।