काठमाडौँ
००:००:००
१२ माघ २०८२, सोमबार

१२ माघ २०८२
अ+
अ-

काठमाडौँ। पर्सा प्रहरीले आइतबार राति एसबी ट्रेडिङको गोदाममा छापा मारेको छ।

वीरगन्ज महानगरपालिका ७‚ रेल्वे सडकखण्डस्थित गोदाममा छापा मारेर राजस्व छलीको सामान बरामद गरिएको पर्सा प्रहरीले जनाएको छ।

पर्साका प्रहरी उपरीक्षक सुदीपराज पाठकका अनुसार उक्त ट्रेडिङ वीरगन्ज महानगरपालिका ५ का विकास गोयलले सञ्चालन गर्दै आएका थिए। राति ८ बजे गएको प्रहरी टोलीले भारतबाट भन्सार छलेर नेपाल ल्याई गोदाम गरिएको ३० लाख रुपैयाँबराबरको सामान बरामद गरेको पाठकले बताए।

गोदाममा स्टेसनरी तथा किरानालगायत सामान फेला पारिएको उनले बताए। प्रहरीले बरामद सामान राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको छ।