काठमाडौँ
००:००:००
१२ माघ २०८२, सोमबार

१२ माघ २०८२
तस्बिरहरू : गगनकुमार थापाको सचिवालय
अ+
अ-

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापा चुनावी अभियानका लागि सर्लाही पुगेका छन्।

उनी आफ्नो निर्वाचन क्षेत्र सर्लाही ४ मा सोमबार पुगेका हुन्। उनको स्वागतका लागि ठाउँठाउँमा स्वागतद्वार र ब्यानरहरू राखिएका छन्।

पार्टी सभापतिमा निर्वाचित भएपछि पहिलोपटक मधेस झरेका थापालाई मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव, स्वास्थ्यमन्त्री जंगीलाल राय, मधेस प्रदेशका उपसभापति वीरेन्द्रप्रसाद सिंहलगायत नेता-कार्यकर्ताले स्वागत गरेका छन्।

सभापति थापालाई पार्टीले प्रधानमन्त्रीको उम्मेदवारका रूपमा समेत अघि सारेको छ।