काठमाडौँ
००:००:००
१२ माघ २०८२, सोमबार

१२ माघ २०८२
अ+
अ-

काठमाडौं । घरेलु टोली नेपालले आइसिसी महिला टी २० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह ‘बी’ को अन्तिम खेलमा स्कटल्यान्डविरुद्ध टस जितेर बलिङ सुरु गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु भइसकेको खेलमा नेपाली टोलीको कप्तान इन्दु बर्माले टस जितेकी हुन् । स्कटल्यान्डको कप्तान क्याथरिन ब्राइसले ब्याटिङ सुरु गरेकी छिन् ।

आज दुबै टोलीलाई सुपर सिक्समा पुग्न जित्नै पर्ने दबाब छ । आजको खेलमा पराजित हुँदा नेपालको सम्भावना सकिनेछ ।