काठमाडौँ
००:००:००
१२ माघ २०८२, सोमबार

१२ माघ २०८२
अ+
अ-

काठमाडौँ। अनेरास्ववियु (क्रान्तिकारी) त्रिभुवन विश्वविद्यालय जिल्ला समितिले गरेको तालाबन्दी २५ दिनपछि खुलेको छ।

प्रहरीको सहयोगमा त्रिविले आज (सोमबार) ताल खोलेको हो। विश्वविद्यालयका उपकुलपति प्राध्यापक दीपक अर्यालले उपकुलपति, रेक्टर, रजिस्ट्रार कार्यालयमा लागेको ताला खोलेको जानकारी दिए। उनले भने‚ “ताला खोल्न बिहान ८ बजेसम्म अल्टिमेटम दिएका थियौँ। उहाँहरूले नखोलेपछि हामी आफैँले ताला खोलेका छौँ।”

क्रान्तिकारीले मानविकी तथा सामाजिक शास्त्र संकायअन्तर्गतका अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति, लैंगिक अध्ययन, सामाजिक कार्य र द्वन्द्व शान्ति तथा विकास अध्ययन गरी चारवटा केन्द्रीय विभागले लिँदै आएको शुल्क घटाउन माग राखेर १९ पुसमा तालाबन्दी गरेको थियो।