काठमाडौँ
००:००:००
१२ माघ २०८२, सोमबार

१२ माघ २०८२
प्रतीकात्मक तस्बिर।
अ+
अ-

पर्सा। कर्तव्य ज्यानमुद्दामा २० वर्षदेखि फरार रहेका आरोपी पक्राउ परेका छन्। पक्राउ पर्नेमा पर्सा कालिकामाई गाउँपालिका ५ का ४३ वर्षीय दिनेशकुमार तिवारी छन्।

६० वर्षीय मुक्तिनाथ तिवारीको हत्या आरोप लागेका तिवारीलाई पोखरिया नगरपालिका ४ बाट सोमबार पक्राउ गरिएको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले बताए।

अंशबन्डाको विषयमा २३ फागुन २०६३ मा मुक्तिनाथ तिवारीको हत्या भएको थियो। अंशबन्डा विवादमा कुटपिट हुँदा तिवारीको घटनास्थलमै मृत्यु भएपछि दिनेश फरार भएका थिए। खोजीका क्रममा जिल्ला प्रहरी कार्यालय पर्साको फैसला कार्यान्वयन टोली र इलाका प्रहरी कार्यालय पोखरियाको संयुक्त टोलीले दिनेशलाई फेला पारेको थियो।

पक्राउ परेका दिनेशलाई हिरासतमा राखेर प्रहरीले कर्तव्य ज्यानमुद्दामा अनुसन्धान थालेको छ।