मन्त्रिपरिषद् निर्णय
काठमाडौँ। सरकारले नेपाल बिमा प्राधिकरण सञ्चालक समितिको अध्यक्ष पदमा कामकाजका लागि सचिव चन्द्रकला पौडेललाई तोकेको छ।
मन्त्रिपरिषद्को सोमबारको बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी सचिव पौडेललाई अर्को व्यवस्था नभएसम्मका लागि बिमा प्राधिकरणको सञ्चालक समिति अध्यक्ष पदमा कामकाज गर्नेगरी तोक्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।
आर्यालका अनुसार सरकारले सुतिखोला जलविद्युत आयोजना‚ तामाकोसी पाँचौँ जलविद्युत् आयोजना‚ माथिल्लो संखुवासभा जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्रको जग्गा प्रयोग गर्न स्वीकृत दिने निर्णय पनि भएको छ।