काठमाडौँ । गायक तथा अभिनेता प्रकाश सपुतले राष्ट्रिय स्वतन्त्र पार्टीसँग आबद्ध हुँदै औपचारिक रूपमा राजनीति प्रवेश गरेका छन्।
सोमबार सामाजिक सञ्जालमार्फत सार्वजनिक जानकारी दिँदै सपुतले पार्टी सभापति रवि लामिछाने र वरिष्ठ उपाध्यक्ष बालेन शाहसँगको तस्बिर साझा गरेका हुन्। उक्त पोस्टमार्फत उनले आफ्नो राजनीतिक संलग्नताको औपचारिक घोषणा गर्दै यस निर्णयलाई व्यक्तिगत जीवनको गम्भीर र चुनौतीपूर्ण कदमका रूपमा व्याख्या गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रकाश सपुतलाई समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत दलित समूहबाट उम्मेदवारका रूपमा अघि सारेको जनाएको छ।
कलामार्फत सामाजिक विषयवस्तुलाई सशक्त रूपमा उठाउँदै आएका सपुतको राजनीति प्रवेशलाई चासोका साथ हेरिएको छ। उनको यो कदमले कला र राजनीतिबीचको सम्बन्धलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ।