काठमाडौँ। तत्कालीन नेकपा माओवादी केन्द्रका एक नेता नेकपा एमालेमा प्रवेश गरेका छन्।
नेकपा माओवादी केन्द्रका काठमाडौँ महानगर कमिटीका तत्कालीन अध्यक्ष राजेश लामा एमालेमा प्रवेश गरेका हुन्।
भक्तपुरको गुन्डुमा रहेको आफ्नै निवासमा सोमबार दिउँसो एमाले अध्यक्ष केपी ओलीले पार्टीको झन्डा, नेपालको झन्डा र खादा ओढाएर लामालाई पार्टी प्रवेश गराए।
त्यसअवसरमा लामाले एमाले प्रवेश गर्न अलि ढिलो भएको बताएका थिए। लामासँगै जिल्ला कमिटी सदस्य विष्णु जोशी पनि एमालेमा प्रवेश गरेका छन्।