काठमाडौँ
००:००:००
१३ माघ २०८२, मंगलवार

१३ माघ २०८२
अ+
अ-

काठमाडौँ। नेपाल पुलिस क्लबलाई हराउँदै न्यु डायमन्ड स्पोट्स क्लब छैटौँ टाइगर कप भलिबल प्रतियोगिताको महिलातर्फ फाइनलमा प्रवेश गरेको छ।

पोखरा रंगशालास्थित भलिबल कोर्टमा मंगलबार भएको दोस्रो खेलमा पुलिसलाई ३-० को सोझो सेटमा पराजित गर्दै न्यु डायमन्डले फाइनलमा आफ्नो स्थान पक्का गरेको हो।

न्यु डायमन्डले पहिलो सेट २५-११, दोस्रो सेट २५-१९ र तेस्रो सेट २५-२० ले जित निकाल्यो। न्यु डायमन्ड ३ खेलबाट ९ अंकसहित फाइनलमा पुगेको हो। अब एपीएफ, थाइल्यान्ड क्विन्स र पुलिसमध्ये एक टोलीले फाइनलमा स्थान बनाउनेछन्। पहिलो खेलमा आर्मीलाई हराएको पुलिसले लगातार दोस्रो हार बेहोरेको छ।

यसअघि आजै भएको खेलमा थाइल्यान्डले आर्मीलाई ३-० को सोझो सेटमा पराजित गरेको थियो। थाइल्यान्डले पहिलो सेट २५-११, दोस्रो २५-२१ र तेस्रो २५-१६ ले सहज जित निकालेको हो।