स्टक मार्केट
नेप्सेमा मंगलबार ३४ कम्पनीको मात्र मूल्य बढ्दा २२४ वटा कम्पनीको घट्यो जसमा दुईवटा कम्पनीका सेयरमूल्य स्थिर
काठमाडौँ। साताको पहिलो कारोबार दिन आइतबार बढेको नेप्से सोमबार र मंगलबार लगातार दुई दिन घट्यो।
आइतबार ५७.५५ अंकले नेप्से बढेपछि लगानीकर्ताहरू उत्साही बनेका थिए। नेप्से सोमबार ३.०७ अंकले घट्दै करेक्सन आयो। आज मंगलबार भने नेप्सेमा ४२.५८ अंकको गिरावट आयो।
अघिल्लो कारोबार दिन सोमबारको तुलनामा आज मंगलबार नेप्से १.५३ प्रतिशतले घट्दै २‚७२६.५१ अंकमा रोकिएको छ। यसैगरी
सेन्सिटिभ इन्डेक्स पनि १.५६ अंकले घटेर ४६४.४६ विन्दुमा झरेको छ। सेन्सेटिभ इन्डेक्स अघिल्लो कारोबार दिनको तुलनामा १.५६ प्रतिशतले घटेको हो। आइतबार भने सेन्सेटिभ इन्डेक्स १.७३ प्रतिशतले बढेको थियो भने सोमबार ०.३४ प्रतिशतले घटेको थियो।
नेप्सेमा मंगलबार ३३३ कम्पनीको एक लाख ४२ हजार ४७६ पटकको कारोबारमा तीन करोड दुई लाख ६२ हजार ७१० कित्ता सेयर किनबेच भए। जसमा मंगलबार १४ अर्ब १६ करोड ७१ लाख ७९ हजार ४४२ रुपैयाँको कारोबार भयो। आइतबार सेयरबजारमा १३ अर्ब ७८ करोड ५७ लाख २९ हजार ६४५ रुपैयाँको कारोबार भएको थियो भने सोमबार १६ अर्ब ३५ करोड ५७ लाख ३० हजार ४६६ रुपैयाँको कारोबार भएको थियो।
नेप्सेमा आज १३ समूहको कारोबार भएकामा म्युचुअल फन्डको सूचक मात्र बढ्यो भने बाँकी १२ समूहका सूचक घटे। जसअनुसार वाणिज्य बैंक समूह १.४९‚ विकास बैंक १.००‚ फाइनान्स २.४२ प्रतिशतले घटे। यस्तै होटेल तथा पर्यटन १.८१‚ जलविद्युत् समूह १.४१‚ लगानी १.७०‚ जीवन बिमा १.८५ प्रतिशतले घटे।

यस्तै नेप्सेमा आज उत्पादन तथा प्रशोधन समूह १.४० प्रतिशतले बढ्यो भने लघुवित्त समूह १.४३ प्रतिशतले घट्यो। यसैगरी म्युचुअल फन्ड समूह भने ०.०० प्रतिशतले बढ्यो। आज निर्जीवन बिमा १.७४‚ अन्य समूह १.९७ प्रतिशत र व्यापार समूह ०.५१ प्रतिशतले घटे।
नेप्सेमा मंगलबार ३४ कम्पनीको मात्र मूल्य बढ्दा २२४ वटा कम्पनीको घट्यो। दुईवटा कम्पनीका सेयरमूल्य भने स्थिर रहे।
राताम्मे बनेको सेयर बजारमा मंगलबार सबैभन्दा धेरै सप्तकोसी विकास बैंकका लगानीकर्ताले ८.५६ प्रतिशतले कमाए। सप्तकोसीको अन्तिम सेयर मूल्य ९९० रुपैयाँ कायम रह्यो। मंगलबार भने
मंगलबार सबैभन्दा बढी ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको सेयरमूल्य ६.९३ प्रतिशतले ओरालो लाग्यो। जसको अन्तिम कारोबार मूल्य १‚४८३ रुपैयाँ कायम रह्यो।
आज सबैभन्दा धेरै राधी विद्युत् कम्पनी लिमिटेडको सेयर कारोबार भयो। आज यसको ५७ करोड ८५ लाख १६ हजार ७७ रुपैयाँको सेयर कारोबार भएको छ। जसको अन्तिम सेयर मूल्य प्रतिकित्ता ८२७ रुपैयाँ कायम रह्यो।