काठमाडौँ
००:००:००
१३ माघ २०८२, मंगलवार

रास्वपाले सोसल मिडियामा स्टन्टबाजबाहेक केही गर्न सक्दैन : दाहाल

१३ माघ २०८२
अ+
अ-

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा विचार र सिद्धान्तको खडेरी रहेको बताएका छन् ।

पार्टी मुख्यालय पेरिसडाँडामा मंगलबार आयोजित पार्टी समायोजन कार्यक्रममा उनले रास्वपाले सोसल मिडियामा स्टन्टबाज गरेर जनतामा भ्रम छर्ने काम गरिरहेको आरोप लगाए।

“घण्टी बजाएर मात्रै हुनेवाला केही पनि छैन,” उनले भने, “अहिले सोसल मिडियामा स्टन्टबाज गरेको भरमा जनताको दिमाग चाट्ने काम भइराखेको छ।”