काठमाडौं। काठमाडौंको जमलस्थित सिद्धि भवन अगाडि तीन वटा सवारी साधन एकआपसमा ठोक्किएर दुर्घटना भएको छ।
मंगलबार केहीबेर अघि मोटरसाइकल, स्कुटर र एउटा माइक्रो एक आपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए ।
उनका अनुसार दुर्घटनापछि मोटरसाइकलमा आगलागी भएको थियो। प्रहरीले आगो नियन्त्रणमा लिइसकेका छन्। दुर्घटनामा मोटरसाइकल चालक घाइते छन्।
घाइतेको अवस्था सामान्य रहेको उनले बताए।