डडेलधुरा । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सुदूरपश्चिम पुगेका छन् ।हिउँले सेताम्मे बनेको डडेलधुराको सडकमा उभिएको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै बालेनले सुदूरपश्चिम अब केन्द्रबाट टाढा नभएको सन्देश दिएका छन्।
सुदूरपश्चिमकै स्थानीय भाकामा भावुक सन्देश लेख्दै उनले यस क्षेत्रप्रति आफ्नो आत्मीयता र माया व्यक्त गरेका छन्। फेसबुकमा उनले लेखेका छन्—
“सुदूर अब दुर नाई,
झिकै झिकै माया तम्लाई।”
उनको यो अभिव्यक्तिलाई सुदूरपश्चिमप्रतिको सम्मान र राजनीतिक तथा विकासको हिसाबले केन्द्रसँग नजिक ल्याउने संकेतका रूपमा हेरिएको छ।