काठमाडौँ
००:००:००
१४ माघ २०८२, बुधबार

१४ माघ २०८२
जसपा नेपालका संरक्षक महन्थ ठाकुर र अध्यक्ष उपेन्द्र यादव। फाइल तस्बिर
अ+
अ-

काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्ना आठजना नेतालाई पार्टीबाट निष्कासन गरेको छ।

पार्टी नीतिविपरीत आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएको भन्दै जसपाले उनीहरूलाई निष्कासन गरेको विज्ञप्तिमार्फत जनाएको हो।

निष्कासित हुनेमा प्रदीप यादव, चन्दनकुमार सिंह, आत्माराम साह, कमरुल्लाह अन्सारी, उदयकान्त मिश्र, हरिनारायण यादव, नवलकिशोर सिंह र शिवजी यादव छन्।

“आसन्न प्रतिनिधिसभा निर्वाचन २०८२ को प्रत्यक्षतर्फ जनता समाजवादी पार्टी, नेपालको नीति तथा निर्णयविपरीत पार्टीको आधिकारिक उम्मेदवारहरूको विरुद्ध, उम्मेदवारी दिने तथा पार्टीको हित, पार्टी अनुशासन र विधानविपरीत कार्य गरेकोले तपसिलका व्यक्तिहरूलाई आजकै मितिबाट लागु हुने गरी पार्टीबाट निष्कासन गरिएको व्यहोरा जानकारी गराउँदछौँ,” संरक्षक महन्थ ठाकुर र अध्यक्ष उपेन्द्र यादवद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ।