काठमाडौँ। आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा चुनावका लागि उम्मेदवारी दर्ता गराएर उम्मेदवारहरू मतदाताको घरदैलोमा पुग्न थालिसकेका छन्। पूरै देश चुनावमा होमिइसकेको छ।
देशभर चुनावी प्रचार सुरु भइसक्दा पनि प्रचार सामग्री बनाउने व्यवसायीहरूलाई भने चुनावको लहरले छुन सकेको छैन। पहिलेका चुनावमा निकै व्यस्त हुने व्यवसायीहरूले यसपालि भने धेरै अर्डर नआएको बताएका छन्। स-सानो काम मात्रै उनीहरूले पाइरहेका छन्। उनीहरूका अनुसार पहिले-पहिले चुनावको एक महिनाअघि नै अर्डर पूरा गर्न हम्मेहम्मे हुन्थ्यो। एकैपटक लाख-लाख पिसको अर्डर आउने गर्थ्यो। योपटक भने धेरै चहलपहल छैन।
निर्वाचन प्रचारमा दलका झन्डा र प्रचार सामग्री प्रयोगमा निर्वाचन आयोगले कडाइ गरेका कारण अर्डर कम आएको हुन सक्ने व्यवसायीहरूको अनुमान छ। हेर्नुहोस् नेपाल फोटो लाइब्रेरीले खिचेका प्रचार सामग्रीका थप तस्बिर :
