काठमाडौँ
००:००:००
१५ माघ २०८२, बिहीबार

१५ माघ २०८२
तस्बिर : केशव थापा/ प्रधानमन्त्रीको सचिवालय
अ+
अ-

काठमाडौँ। सरकारले राष्ट्रपति रामचन्द्र पौडेलको जापान भ्रमण स्वीकृत गरेको छ।

प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा आज (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकले नेपाल-जापान कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठको उपलक्ष्यमा जापानमा हुने कार्यक्रममा सहभागी हुन राष्ट्रपति पौडेल नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए।

राष्ट्रपति पौडेल नेतृत्वको प्रतिनिधिमण्डल यही १८ देखि २१ माघसम्म जापानमा हुने कार्यक्रममा सहभागी हुनेछ। बैठकले आगामी १ फागुनदेखि लागु हुने गरी नेपाल प्रहरीको रासन स्केल र रासनबापतको दैनिक रकम बढाउने निर्णय गरेको पनि सरकारको प्रवक्तासमेत रहेका गृहमन्त्री अर्यालले जानकारी दिए।

मन्त्रिपरिषद्ले नेपाल स्टक एक्स्चेन्ज लिमिटेडको पुनःसंरचनासम्बन्धी सुझाव समिति २०८२ ले पेस गरेको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय पनि गरेको छ।