काठमाडौँ। राजधानीमा जारी एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगितामा न्युरोड टिम (एनआरटी) विजयी भएको छ।
सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा आज (बिहीबार) भएको खेलमा एनआरटीले आफ्नो पाँचौँ खेलमा सङ्कटा क्लबलाई ३-१ गोलअन्तरले पराजित गर्दै विजयी भएको हो।
एनआरटीलाई जित दिलाउन कृतिशरत्न छुन्जु र टिमोथी ओकेरेकेले समान एक/एक गोल गरे। एक गोल एनआरटीले आत्मघाती उपहारका रुपमा प्राप्त गर्यो। एक गोलले पछाडि परेका अवस्थामा कृष्णबहादुर आलेले सङ्कटालाई खेलमा फर्काएका थिए। त्यसपछि खेलमा गोल हुन सकेन र एनआरटी विजयी भयो।
जितसँगै एनआरटीले शीर्ष स्थानका दुई टोली नेपाल एपीएफ क्लब र मछिन्द्र एफसीसँग बराबरी अंक बनाएको छ। एनआरटी, एपीएफ र मछिन्द्रको समान १२ अंक भएको छ। संकटाको पाँच अंक छ।