जुम्ला । जिल्लाको तातोपानी गाउँपालिका–६ स्थित हियाँखोला गाउँमा नेपाल टेलिकमको नेटवर्कले राम्रोसँग काम नगर्दा स्थानीयवासीलाई सास्ती भएको छ । मोबाइलमा नेटवर्कले राम्रोसँग काम नगर्दा टेलिफोन सम्पर्कविहीन अवस्थामा उत्पन्न भएको स्थानीय डिल्ली कामीले बताए।
देशका धेरै ठाउँमा फोरजी डाटा, नि:शुल्क वाइफाइ र डिजिटल सेवाको चर्चा भइरहँदा हिँयाखोलाका स्थानीय अझै पनि नेटवर्क खोज्दै डाँडा उक्लन बाध्य भएका उनको भनाइ छ ।
देशभर चुनावी माहोल तातिएको बेला विभिन्न सूचना, राजनीतिक समाचारलगायत अन्य गतिविधिको जानकारी लिनका लागि गाउँबाट एक घण्टा हिँडेर नेटवर्क आउने ठाउँमा जानुपर्ने बाध्यता रहेको स्थानीय लोकेशजङ्ग विश्वकर्माले बताए।
“बिरामी पर्दा स्वास्थ्यकर्मीलाई फोन गर्न सकिँदैन । एम्बुलेन्स बोलाउन झन् गाह्रो भएको छ । देश चुनावमा होमिएको छ, तर हामीले सूचनाकै लागि संघर्ष गर्नु परिरहेको छ”, उनले भने,“यसका साथै वैदेशिक रोजगारीमा रहेका आफन्तसँग सम्पर्क गर्न पनि कठिन छ । यस विषयमा पटक–पटक जनप्रतिनिधि र सम्बन्धित निकायलाई जानकारी गराउँदा पनि समस्या समाधान हुन सकेको छैन ।”
वडा नं ४ का अध्यक्ष विशाल खड्काले टेलिकमले गाउँपालिका–४ स्थित हाँकु गाउँको लाग्नामा रहेको टावरको क्षमता घटाउँदा यो समस्या आएको बताए। नेपाल टेलिकमका जुम्ला शाखा प्रमुख पारश पुजारा भने लाग्नामा रहेको टावरको क्षमताभन्दा बढी ग्राहक रहेकाले हिँयाखोला गाउँसम्म नेटवर्कको क्षमताले धान्न नसकेको बताउछन् ।
“नेटवर्कको ९७ प्रतिशत क्षमता प्रयोग भइसकेको हुनाले समस्या आएको छ । एक महिनाभित्र फोरजीको अर्को एउटा ब्यान्ड थप्ने योजना छ । काम सम्पन्न भएपछि समस्या समाधान हुनेछ”, उनले भने।
पप्पु लुम्बिनी जेभीले ठेक्का पाए पनि पप्पु कन्सट्रक्सन कालोसूचीमा परेपछि हाल लुम्बिनी बिल्डर्सले यहाँ काम गरिरहेको छ । निर्माण कम्पनीका साइट इन्चार्ज सुदीप थापाले भने, “हामी बाँकी संरचनात्मक कामहरू द्रुत गतिमा गरिरहेका छौँ, असार मसान्तभित्र पुलबाटै सवारीसाधन सञ्चालन हुने गरी काम सम्पन्न गर्ने हाम्रो लक्ष्य छ ।”
विसं २०६८ मा तीन वर्षभित्र सम्पन्न गर्ने भन्दै सुरु गरिएको पुल २०७८ साल असारमा आएको बाढीले दुईवटा पिलर भासिएर चारवटा स्ल्याबमा क्षति पुर्याएपछि समस्या भएको हो । पुल निर्माणमा ढिलाइ हुँदा सिरहा र धनुषाका स्थानीयवासी जोखिमपूर्ण अस्थायी बाटो प्रयोग गर्न बाध्य छन् । स्थानीय युवा सन्तोष यादवका अनुसार तत्कालीन मन्त्री घिसिङको पहलपछि पुल निर्माणले गति लिएको हो ।
उनले भने, “लामो समयसम्म काम हुन सकेन, तर नागरिक सरकारको पहलपछि काम सम्पन्न हुने चरणमा पुगेको छ । डाइभर्सनले तत्काललाई सजिलो बनाए पनि अब तोकिएको समयमै पुल निर्माण सम्पन्न हुनुपर्छ । त्यसमा सबै गम्भीर बन्नुपर्छ ।”
हुलाकी राजमार्गको मेरुदण्ड मानिने यो पुल सम्पन्न भएपछि सिरहा र धनुषाका हजारौँ नागरिकको कष्टकर यात्रा अन्त्य हुनेछ ।